2079-10-10
2079-10-10
- मिति २०७९ माघ १०, मंगलबार, काठमाडौं ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ । गृहमन्त्रालयमा आज बिहान भएको भेटवार्तामा नेपाल र अमेरिकाबीचको सहकार्य र आपसी हित अभिवृद्धि लगायतका विषयमा कुराकानी भयो । नेपालको पूर्वाधार विकास, शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा पहुँच अभवृद्धि, जलवायु परिवर्तनको असरबाट पर्ने प्रभाव न्युनीकरण, उर्जाको विकास, प्रविधि हस्तानतरण लगायतका विषयमा अमेरिकी सरकारबाट हुँदै आएको सहयोगलाई निरन्तरता दिँदै अघि बढ्ने विषयमा छलफल भएको थियो । भेटवार्तामा राजदूत थम्सनसंगै नियोग उपप्रमुख लगायतका प्रतिनिधि, परराष्ट्र मन्त्रालय र गृहमन्त्रालयका अधिकारीहरु पनि सहभागि हुनुहुन्थियो ।
© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय
Powered By: ProActive Developers